काठमाडौंको दक्षिणकालीबाट पटका बरामद


काठमाडौं।

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट विभिन्न किसिमका करिब १ हजार १ सय ४० प्याकेट पटका शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले पर्साबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०८-००१ ज ००२८ नम्बर गाडीलाई जाँच गर्ने क्रममा गाडीको छतमा लुकाई ल्याएको उक्त पटका फेला पारी बरामद गरेको हो ।