खोलामा डुबेर दुई बालकको मृत्यु

2.07k
Shares

रौतहट । 

नदीमा डुबेर शनिवार दुई बालकको मृत्यु भएको छ। गरुडा नगरपालिका–५ शिवनगर स्थित झाझ नदीमा डुबेर देवाही गोनाही नगरपालिका–३ का १० वर्षीय निरज साह र अर्का १० वर्षीय अर्जुन साहको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका अनुसार दुवै जना शनिवार दिउँसो नदीमा नुहाउने क्रममा मृत्यु भएको हो।

 नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पुर्‍याएका थिए। तर, चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको  जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए।