सिन्धुलीमा एमाले– काँग्रेसको युवा र विद्यार्थी संगठनहरुको संयुक्त सद्भाव र्‍याली

1.88k
Shares

सिन्धुली । 

गएको भदौं २३ र २४ गते भएको घटनापछि सामाजिक सद्भाव र स्थायित्व कायम राख्ने उद्देश्यले सिन्धुलीमा आज शान्ति सद्भाव र्‍याली गरिएको छ । 

नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपाल, अनेरास्ववियु र नेपाली काँग्रेसको भातृ संगठन तरुण दल तथा नेविसंघ सिन्धुलीले संयुक्त रूपमा र्यालीको आयोजना गरेका हुन् । 

कमलामाई नगरपालिका ६ धुरामा रहेको नेपाली काग्रेस सिन्धुलीको पार्टी कार्यालयबाट सुरु भई बासपार्क, १ नम्बर बजार, २ नम्बर बजार, एमाले सिन्धुलीको पार्टी कार्यालय हुँदै प्रमुख बजार क्षेत्रहरूको परिक्रमा गरिएको हो । 

जिल्ला आयोजकहरुले प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाए पछि लोकतान्त्रिक चोकमा पुगेर आयोजित कोण सभालाई सम्बोधन गर्दै वक्ताहरुले शान्ति, विकास र सुशासनका लागि सबै दल र समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

र्‍यालीमा सहभागीहरुले “शान्ति, सद्भाव र संवैधानिक स्थिरता कायम गरौँ”, “वैदेशिक हस्तक्षेप बन्द गरौँ” भन्ने जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

र्‍यालीमा नेपाली काँग्रेस र नेकपा (एमाले)का भातृ संगठनका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।