चीनसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे निर्णय


काठमाडौँ।

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराएका हुन् । उनका अनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको हो ।

उनले फिर्ता बोलाइएको आवासीय राजदूतहरुले अगामी कात्तिक २० गतेसम्म नेपाल फर्किसक्नुपर्ने बताए।

उनले भने,-‘चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरुको रुपमा कार्यरत नेपाली राजदूतहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किन सक्नेगरी फिर्ता बोलाउने निर्णय भएको छ।’