काठमाडौँ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने कोशीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।











प्रतिक्रिया