काठमाडौँ।
प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा इजरायली सेनालाई हस्तान्तरण गरेको शव नेपाली युवा विपिन जोशीको भएको पुष्टि भएको छ। इजरायली सञ्चारमाध्यम ‘द जेरुसेलम पोस्टका अनुसार सोमबार साँझ हमासले हस्तान्तरण गरेका चार शवमध्ये एक विपीनको रहेको डीएनए परीक्षणबाट खुलेको हो।
सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपीनको शव सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो । रेडक्रसले शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।
शव प्राप्त गरेपछि इजरायली सेनाले नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनबाट डीएनए परीक्षण गराएको थियो । डीएनए परीक्षण गराउँदा उक्त शव विपीन रहेको खुलेको हो।
इजरायली सेनाले विपिनको परिवारलाई यो खबरको जानकारी गराइसकेको र शव बुझ्नका लागि अनुरोध गरेको छ।











प्रतिक्रिया