इटहरी।
पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत रहेका जिल्लाहरूका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूका लागि “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको छ।
आजदेखि श्री पूर्वी पृतना मुख्यालय, इटहरीमा सुरु भएको उक्त कार्यक्रममा २३ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरव कुमार के.सी.ले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे। उनले नेपाली सेनाको गतिविधि र भूमिका सम्बन्धी जानकारी सञ्चार माध्यममार्फत प्रभावकारी ढङ्गले प्रवाह गर्न यस अभिमुखीकरण उपयोगी हुने विश्वास व्यक्त गरे।
चार दिनसम्म सञ्चालन हुने उक्त अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी, भूमिका तथा प्रमुख गतिविधिहरूबारे जानकारीमूलक प्रस्तुतीकरण गरिनेछ। साथै, विपद् प्रतिकार्य र समसामयिक विषयहरूमा समेत अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिनेछन्।











प्रतिक्रिया