काठमाडौँ।
हमास समूहको नियन्त्रणमा परेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी जीवित नरहेको समाचारहरू प्रकाशित भइरहेका बेला उनका आफन्तहरूले भने विपिन अर्को चरणमा छुट्ने आशा रहेको बताएका छन्। विपिन जोशीको अवस्थाका विषयमा इजरायली अधिकारीहरू, विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग सोमबार बिहान ‘भिडियो कन्फरेन्स’ भएको थियो ।
उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जानकारी गराएको बताए ।
‘आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इसरायलबाट भनिएको छ’, जोशीले भने, ‘अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उहाँ छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उहाँ छैनन् भन्न मिल्दैन ।’
विगत दुई वर्षमा भएका युद्धविराम र बन्धक साटासाटका क्रममा हमासले २०० भन्दा बढी बन्धकलाई मुक्त गरिसकेको छ।
विपिनको परिवार र नेपाल सरकारले पनि उनको सुरक्षित फिर्तीका लागि निरन्तर कूटनीतिक पहल जारी राखेका छन्।
विपिनकी आमा र बहिनी अहिले अमेरिकामा अन्तर्राष्ट्रिय सहयोगको गुहार गरिरहेका छन्।











प्रतिक्रिया