भक्तपुर ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोे ११औं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।आज भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको बैठक पछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटीले तय गर्नेछ ।
बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ ।
एमाले सचिवालय बैठकले संसद् विघटन असंवैधानिक भएकोले बदर हुनुपर्ने माग राख्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग अघि बढाउने निर्णय गरेको छ ।
उपमहासचिव ज्ञवालीले सचिवालय बैठकमा विभिन्न नेताहरुले खुलस्त ढंगले कुरा राखेको बताए ।
सचिवालय बैठकमा नेताहरूका फरक फरक विचार आए पनि बैठकपछि एकीकृत धारणा तयार पारेको र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन सबै सहमत भएको उहाँले बताए ।
केन्द्रीय कमिटी बैठकबाट जनपरिचालनको ठोस कार्ययोजना बनाउने र महाधिवेशन केन्द्रित कार्यक्रमहरु घोषणा हुने ज्ञवालीले बताए ।











प्रतिक्रिया