काठमाडौँ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जोहरी दिएको छ ।
गत भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै साह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा जाहेरी दिएको हो ।
प्रहरीले जाहेरीबारे अध्ययन गरेर कानुनी प्रक्रिया अघि बढाउने जनाएको नेविसंघ केन्द्रीय सदस्य मनीषजंग थापाले बताए ।











प्रतिक्रिया