रसुवा ।
रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ कालिकास्थान मा शनिवार भएको ७ अौ खुला रक्तदान कार्यक्रम मा ८६ जनाले रक्तदान गरेका छन ।
नेपाल स्वयंसेवि रक्तदाता समाज रसुवा र कालिका हिमालय एसएलसी २०५६ व्याज कालिका २ को संयुक्त आयोजनामा असोज २५ गते भएको उक्त कार्यक्रम मानव जीवन बचाउने उदेश्य ले गरिएको वताईएको छ ।
नेपाल स्वयंसेवि रक्तदाता समाज केन्द्रीय समाज केन्द्रीय समिति का अध्यक्ष प्रेम सागर कर्माचार्य को विषेश आतिथ्य मा भएको उक्त खुल्ला रक्तदान कसैको एक थोपा रगतले विरामि ले नयाँ जीवन पाउने पुन्य काम भएकाले मन्दिर धाईरहन नपर्ने ठुलो रहेको नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङले वताउनुभयो ।
रगत दिनु आफैमा माहान काम भएकाले यसको महत्त्व वुझेर नै हामिले कालिका हिमालय एसएलसि २०५६ व्याज को समूह वनाई पवित्र काम को थालनि गरिएको अध्यक्ष राम प्रसाद ढकाल ले जानकारी दिनुभयो ।











प्रतिक्रिया