ब्राउन सुगरसहित दुई जना पक्राउ

5.17k
Shares

रौतहट ।

प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर निवासी कमन गुरुङ र गुजरा नगरपालिका–२ निवासी मनिष घलान रहेका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार उनीहरूको साथबाट करिब ९ ग्राम ब्राउन सुगर बरामद गरिएको हो। पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।