शिक्षक नियुक्तिमा साढे चार लाख घुस !प्रधानाध्यापक रंगेहात पक्राउ


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ टोलीले रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादसहित दुई जनालाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

शिक्षक नियुक्तिमा घुस मागेको उजुरीपछि परिचालन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगन्ज महानगरपालिका–१३ स्थित होटलबाट उनीहरूलाई साढे चार लाख घुससहित शनिबार पक्राउ गरेको हो ।

आयोगका अनुसार शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा टंगालस्थित आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रधानाध्यापक प्रसादले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत सो घुस रकम लिँदै गरेको अवस्थामा अख्तियारले रंगेहात पक्राउ गरेको जनाइएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखिएको बताउनुभयो ।