काठमाडौँ।
नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले माल्दिभ्सको राजधानि मालेमा एसियाली व्यापार साझेदारी शिखर सम्मेलनद्वारा आयोजित दोस्रो मानव सद्भाव सम्मेलन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाली प्रतिनिधिको रुपमा आफ्ना विचार प्रस्तुत गरेका छन् ।
कार्यक्रममा पूर्वमन्त्री पोखरेलले गुलाम फारुक मजनुको नेतृत्वमा भएको यो शिखर सम्मेलन एउटा संस्थामात्र नभै एसियालाई एकसाथ ल्याउने दृष्टिकोर्ण समेत भएको बताए । यसले राष्ट्रहरुलाई व्यापार, शिक्षा, स्वास्थ्य सेवा, पर्यटन र साझा मानविय मूल्यहरू मार्फत जोड्ने पोखरेलको भनाई छ ।

पूर्वमन्त्री पोखरेलले एसियाली व्यापार साझेदारी शिखर सम्मेलनको उद्देश्य एसियालाई समृद्धमात्र नभै शान्तिपूर्ण बनाउनु पनि रहेको उल्लेख गरे । पोखरेलले भगवान बुद्धको जन्मस्थल नेपालले सधैँ साच्चो अर्थमा समृद्धि शान्ति, सहिष्णु र सहकार्यमा आधारित हुनुपर्ने कुरामा विश्वास गर्ने बताए ।
पूर्वमन्त्री पोखरेलले नयाँ प्रविधिहरु, विश्वव्यापी चुनौती र बढ्दो अन्र्ततिर्भरता कल्पना गरेको भन्दा छिटो परिवर्तन भईरहेको बताए । पोखरेलले यो विषय नैतिक मुल्यमात्र नभै दिगो प्रगतिको आधार समेत रहेको बताए ।











प्रतिक्रिया