सवारी दुर्घटनामा ११ जनाको मृत्यु


काठमाडौं।

झापा, शिवसताक्षी नगरपालिका-१ मन्दिर टोलस्थित सडकमा प्र.१-०१-०१६ प ९३५८ नम्बरको स्कुटर र प्र.१-०२-०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक बिर्तामोड नगरपालिका-५ बस्ने २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जना र मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरी, अग्नीसाइर कृष्णसवरन गाउँपालिका-२ चाँदनी चोकस्थित सडकमा ना.१ अ.यो. १८६ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीय बमभोज चौधरीको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ खत्रीटोलस्थित सडकमा ग.२६ प २२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ बसपार्क बस्ने रूपन्देही घर भएका २८ वर्षीय बिजय तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखैरेनी अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि सिएमसी अस्पताल चितवन रिफर गरिएको छ ।

यसैगरी तनहुँ, बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित सडकमा ग.१ ख ९७०८ नम्बरको बस र ग.२६ प ९२८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक गोरखा धार्चे गाउँपालिका-७ बस्ने २८ वर्षीय पनराम गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, बुद्धभुमी नगरपालिका-२ गोरूसिंगे तौलिहवा चोकस्थित सडकमा बा. प्र.०१-००३२ च ८७६६ नम्बरको इभी भ्यानमा प्र.१-०१-०१४ प १८६४ नम्बरको मोटरसाइकल ठक्कर खाई पुन: लु.३ च ७५७ नम्बरको स्कार्पियोसँग ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक झापा बुद्धशान्ती गाउँपालिका-१ घर भएका २८ वर्षीय लोसन पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्य भएको हो । भ्यान र स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कपिलवस्तु, यसोधरा गाउँपालिका-५ सुठौलीस्थित सडकमा रोकी राखेको यूपी ५१ एटी ४४५५ नम्बरको टेलरमा लु.२२ प ९४८४ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ३० वर्षीय गणेश कुमार गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टेलर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

हुम्ला, चंखेली गाउँपालिका-४ बेशी खोलास्थित सडकमा मेल्छामबाट पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १०९१ नम्बरको डबल क्याप जिप अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका-६ बस्ने २८ वर्षीय मनबिर बुढा, २ वर्षीय देवाङ्स बुढा, सिमकोट गाउँपालिका-८ स्यांडा बस्ने २८ वर्षीया बसन्ती रोकाया र ४ वर्षीया जागृती रोकाया रहेका छन् । साथै दुर्घटनामा गम्भीर घाइते भएका मनबिर, देवाङ्स र बसन्तीको वर्थिङ सेन्टर अस्पताल मेलछाममा र जागृतीको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

डोटी, जोरायल गाउँपालिका-१ गोल्डेनस्थित सडकमा अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३९५६ नम्बरको हाइस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा हाइसमा सवार अछाम मङ्गलसेन नगरपालिका-९ बस्ने २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका हाइसमा सवार मध्ये ६ जनाको पदमा अस्पताल अत्तरिया कैलाली र १८ जनाको नवजिवन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।