बागमती प्रदेशमा सभामुख चयनको दौड, कांग्रेस–एमालेबीच रस्साकस्सी


काठमाडौं ।

बागमती प्रदेश सभाको रिक्त सभामुख पद पूर्तिका लागि कांग्रेस र एमालेबीच औपचारिक संवाद सुरु भएको छ। सभामुख भुवनकुमार पाठकले राजीनामा दिएपछि पद रिक्त भएको हो। कांग्रेस र एमाले दुवैले सभामुखमा दाबी गरेका छन् भने माओवादी केन्द्रले पनि सरकारबाहिरको दललाई अवसर दिनुपर्ने तर्कसहित दाबी प्रस्तुत गरेको छ।

प्रदेश सभा बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था अनुसार सरकारले चाँडै सभामुख चयनको तयारी थालेको छ। दीपावलीअघि नै प्रदेश सभा सञ्चालन गर्ने सरकारको तयारी छ भने सभामुख चयनका लागि सहमतिको प्रयास जारी छ