“शेखर कोईरालामाथि बढ्दो विश्वास: सुशासन र परिवर्तनको आशा”

30.83k
Shares

काठमाडौं ।

देशको वर्तमान राजनीतिक परिदृश्यमा जनताको विश्वास जित्न सक्ने पात्रहरू दुर्लभ छन्। नेपाली कांग्रेसभित्र भ्रष्टाचारको छायाँबाट टाढा रहँदै आएका डा. शेखर कोईराला पार्टीभित्र ईमानदार, सरल र विश्वासिलो नेतृत्वका रूपमा स्थापित छन्।

संसददेखि सडकसम्म जनभावना अनुसार स्पष्ट र साहसिक आवाज उठाउन सक्ने क्षमताका कारण उनलाई कांग्रेसको सभापतिमा उपयुक्त उम्मेदवार मानिएको छ ।

भ्रष्टाचारविरुद्ध दृढ अडान लिने र सुशासनको मार्ग खोल्ने नेतृत्वको खाँचो रहेको वर्तमान अवस्थामा, डा.कोईराला नै त्यो अपेक्षित नेतृत्व दिन सक्ने नेता हुन् भन्ने विश्वास बढ्दो छ।