राष्ट्रपति पौडेल अस्वस्थ, अस्पताल भर्ना


काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेल जेन-जी अगुवासँगको छलफलकै क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ।

शीतलनिवासमा छलफल भइरहेका बेला उनलाई टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक अस्पताल लगिएको हो। अस्पताल स्रोतका अनुसार उनको अवस्था हाल स्थिर छ र थप परीक्षणका लागि भर्ना गरिएको छ।

छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित २२ जना जेन-जी अगुवा सहभागी थिए। केही युवाले भने वार्तामा सहभागी हुन नपाएकोमा असन्तुष्टि जनाएका छन्।