काठमाडौं ।
रुपन्देहीस्थित कोटहीमाई गाउँपालिका–५ मा खटिएका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगाँवाका जवान याम बहादुर खत्रीले भन्सार छली भारतबाट सामान ल्याउन घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन्।
उनले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा सो कार्यमा बोर्डर आउटपोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालको समेत संलग्नता देखिएको आयोगले जनाएको छ।
दुवैले आपसी मिलेमतोमा भारतबाट सामान ल्याउन सहजीकरण गर्ने भन्दै घुस लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐनअनुसार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।












प्रतिक्रिया