देशभर मौसम सफा, कोशीमा हल्का वर्षाको सम्भावना


काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन नेपालबाट सकिएको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य स्थानहरूमा मौसम मुख्यतः सफा छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ र कोशीको केही पहाडी स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पनि कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी देशभर मौसम सफा रहनेछ।