असंवैधानिक गतिविधि नरोकिए कडा प्रतिवाद गर्ने एमाले धादिङको चेतावनी


धादिङ ।

सरकारले  नेकपा असंवैधानिक गतिविधि नरोकिए एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने बताएका छन् ।

एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठी द्वारा हस्ताक्षरित प्रेस वक्तव्य जारी गर्दै सरकारले नेकपा एमालेका श्रद्धेय अध्यक्षसहित नेताहरूमाथि बिना आधार र प्रमाण धरपकड गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, जनतामा डर र त्रास फैलाउने तथा एमालेको तेजबोध गर्ने जस्ता हर्कतहरू गरिरहेको उल्लेख गरेको छ । विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ।

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले यदि यस्ता असंवैधानिक गतिविधि नरोकिए एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने बताएका छन् । ‘कडा प्रतिवादका लागि सडकमा उत्रिदा सिर्जित हुने परिणामको सम्पूर्ण जिम्मेवारी अहिलेको सरकारले नै लिनुपर्नेछ’ उनले भने । 

अध्यक्ष त्रिपाठीले एमालेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी पंक्तिलाई यस्ता गतिविधि देखिए तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

 असंवैधानिक गतिविधि नरोकिए एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने बताएका छन् । ‘कडा प्रतिवादका लागि सडकमा उत्रिदा सिर्जित हुने परिणामको सम्पूर्ण जिम्मेवारी अहिलेको सरकारले नै लिनुपर्नेछ’ उनले भने । 

अध्यक्ष त्रिपाठीले एमालेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी पंक्तिलाई यस्ता गतिविधि देखिए तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।