भेनेजुएलाकी नेतृ मारिआ कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार


काठमाडौँ।

यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्रवादी नेतृ मारिआ कोरिना मचाडोले प्राप्त गर्ने भएकी छन्। नर्वेको नोबेल समिति अनुसार मचाडोलाई “शान्तिप्रतिको दृढ प्रतिबद्धता र लोकतन्त्रको साहसी अभियान”का कारण यो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको हो।

भेनेजुएलामा प्रजातान्त्रिक शासन पुनर्स्थापना अभियानमा लामो समयदेखि संलग्न मचाडोलाई गत वर्ष राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो। त्यसयता उनी भूमिगत जीवनमा रहँदै आफ्नो अभियान अघि बढाइरहेकी छन्।

नोबेल पुरस्कार आगामी डिसेम्बर १० मा प्रदान गरिनेछ। मचाडो यो सम्मान पाउने बीसौँ महिला हुन्। सन् १९०१ देखि अहिलेसम्म ११२ व्यक्ति र ३१ संस्था यो पुरस्कारबाट सम्मानित भइसकेका छन्।