हेटौंडा ।
जेन–जी आन्दोलनका क्रममा भवनमा आगजनी भएर अभिलेख नष्ट भएपछि बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन वर्षको विवरण पुनः पेश गर्न सबै सहकारी संघसंस्थालाई आग्रह गरेको छ।
मन्त्रालयको हेटौंडा–११, थानाभ¥याङस्थित भवन जलेर सहकारीसम्बन्धी फाइल र कागजात खरानी बनेपछि अभिलेख पुनःसङ्कलनका लागि बुधबार सूचना जारी गरिएको हो।
मन्त्रालयले आव २०७९|८०, २०८०|८१ र २०८१|८२ का साधारणसभा, लेखापरीक्षण, कर चुक्ता प्रमाणपत्र, सञ्चालक समितिका विवरण, विनियम, तीनपुस्ते विवरणलगायतका प्रमाणित कागजात अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको छ । रजिष्ट्रार प्रदीपराज पौडेलका अनुसार प्रदेशभर दर्ता भएका ३ हजार २ सय ३० सहकारीमध्ये करिब १ हजार ७ सय मात्र नियमित छन्। सहकारी संस्थाले कोपोमिस प्रणालीमार्फत अद्यावधिक विवरण पठाई मन्त्रालयको वेबसाइटमा उपलब्ध फाराम भरेर प्रमाणित प्रतिलिपिसहित बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले सबै सहकारी संघसंस्थाको अद्यावधिक विवरण वेबसाइटमार्फत नियमित रूपमा प्रकाशन गर्ने र आवश्यकता परे थप जानकारी तुरुन्त पेश गर्न आग्रह गरेको छ।











प्रतिक्रिया