दूधपोखरी चेपे हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच आइपीओ सम्झौता


काठमाडौं ।

दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको साधारण शेयर (आइपीओ) जारी तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार मुक्तिनाथ क्यापिटलले इसु म्यानेजरको रूपमा काम गर्नेछ । गोरखा र लमजुङ सिमानामा रहेको चेपे खोलामा निर्माणाधीन ११ मेगावाट क्षमताको आयोजना हाल ७८ प्रतिशत सम्पन्न भइसकेको र बाँकी काम २०८२ चैत्रभित्र सक्ने लक्ष्य कम्पनीले लिएको छ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि सय रुपियाँ अंकित दरमा बिक्री गर्ने तयारी गरेको छ। कम्पनीका अध्यक्ष सबिन प्रधानाङ्गका अनुसार यो आइपीओले जलविद्युत् क्षेत्रमा लगानी विस्तार र पूँजी बजार सुदृढीकरणमा सहयोग पुर्‍याउनेछ ।