महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट


काठमाडौं ।

महालक्ष्मी विकास बैंकले र्‍याडिसन होटल लाजिम्पाटसँग सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित र्‍याडिसन एयरपोर्ट लाउन्जमा आफ्ना ग्राहकका लागि छुटको व्यवस्था गरेको छ ।

सम्झौता अनुसार बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, स्पा सेवामा १५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकका अनुसार यस सहकार्यबाट आफ्ना ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।

साथै, बैंकले हालै क्रेडिट कार्ड प्रयोगकर्ताका लागि टुर प्याकेज खरिद गर्दा ६ देखि १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने योजना पनि सुरु गरेको छ ।