निर्माता किरण नेपालीको डेब्यु निर्देशनमा महादशा नामक नेपाली फिल्म निर्माण हुने भएको छ।हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो। लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको प्रि–टिजर बुढासुब्बा युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। प्रि–टिजरमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगादे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ।
राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईको निर्माणमा बन्ने फिल्ममा सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् भने लेखन मनिष गौतमको रहेको छ। फिल्मले संस्कार, संस्कृति र अध्यात्मस“गै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभाव समेटिने निर्माण पक्षले जनाएको छ।











प्रतिक्रिया