रौतहट ।
दशैं सकिए लगत्तै कमाउनको लागि रौतहटका दर्जनौँ मजदुरहरू चितवन पुगेका छन् । हरेक वर्ष झै यस वर्ष पनि रौतहटका मजदुरहरू चितवन जिल्लाको बिभिन्न स्थानमा धान काटने कामको लागि गएका छन । चितवन जिल्ला धान खेतीको लागि उर्बर भुमी मानिन्छ ।
यतिखेर चितवनमा कर्तनी र गोरखनाथ धान काटने तयारी रहेको चितवन जान लागेका रौतहटका मजदुर भन्छन । ज्याला, खाना र बस्न राम्रो सुबिधा रहेकाले पनि रोजगारीको लागि रौतहटका मजदुरहरुको पहिलो गन्तब्य चितवन बनेको छ । दशैमा परिबार संग रमाईलो गरियो भएको नगद पनि सकियो अब तिहारको लागि जोहो गर्न पनि कामको लागि चितवन जान लागेको रौतहटका मजदुर रामबाबु यादबले बताउनु भयो ।
आफ्नो जिल्लामा कामको अभाव भएकाले खेतीपातीको सिजनमा अन्य जिल्लातिर काम खोज्दै जान रौतहटका किसान बाध्य भएका छन । चितवनमा मजदुरको अभाब रहेका बेला रौतहटका मजदुर चितवनका किसानको लागि बरदान भएका छन । चितवनका किसानहरू लाई पनि धान काट्ने समयमा मजदुरको कमी हुने भएकाले तराईका जिल्लाबाट आउने मजदुरले ठूलो सहयोग पुगेको छ ।
चितवनका विभिन्न क्षेत्रमा लगाएको धान पाकिसकेकाले मजदुरको माग बढेको छ । चितवनमा एक बिगाहा जमिनमा लगाएको धान काटने, थ्रेसर गर्ने, थन्काउने र भित्रयाउने काम सम्पन्न गर्दा १४ हजार पाउने मजदुरहरु बताउछन । रौतहट जिल्लाका सयौँ मजदुरहरूयतिखेर चितवनका किसानको धान खेतमा देखिन्छन ।
रौतहटका मजदुर रामबाबु साहका अनुसार धान काट्ने सिजनमा राम्रो पारिश्रमिक पाइने भएकाले धेरै मजदुर यही समयमा चितवन जाने गरेका छन । चितवनको भरतपुर, खैरहनी, रत्ननगर, माडी लगायतका क्षेत्रमा धान काट्ने चटारो शुरु भएको छ । चितवनको किसानको धान काटने काम सकेर तिहारअघिनै रौतहटका मजदुहरुको घर फर्कने योजना रहेको छ ।











प्रतिक्रिया