काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्।
ललितपुरमा दिउँसो १ बजे बस्ने बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सञ्चालन हुने भएको छ। देउवा आन्दोलनपछि पार्टीका कुनै बैठकमा सहभागी भएका छैनन्।
यो कांग्रेस पदाधिकारीहरूको पहिलो औपचारिक बैठक हो, जसमा सभापति अनुपस्थित रहने छन्।
पूर्वपदाधिकारी र डा. शेखर कोइरालालाई पदाधिकारी बैठकमा बोलाइयो
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको छ।
बैठकमा पूर्वपदाधिकारीहरू र इतर समूहका नेता डा. शेखर कोइरालालाई पनि बोलाइएको छ।
उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएअनुसार डा. कोइरालालाई सधैँजसो यस्ता बैठकमा समावेश गरिँदै आएको छ।
बैठक कहाँ बस्ने भन्ने स्थान भने तय भइसकेको छैन।











प्रतिक्रिया