बजार अनुगमन नाम मात्रको गल्ती गर्नेलाई हुँदैन कारबाही

1.03k
Shares

इलाम ।

चाडपर्व नजिकिँदा बजार अनुगमन गर्ने परम्परा हरेक वर्षजस्तै यस वर्ष पनि सुरु भएको छ ।जिल्ला प्रशासन कार्यालय इलाम र इलाम नगरपालिकाको अगुवाईमा फरक–फरक समयमा गरिएको बजार अनुगमनमा म्याद नाघेका तथा लेभलिङ नगरेका सामान जफत गरिन्छ तर कारबाही र जरिवाना भने शून्य रहेको उपभोक्ताहरूले गुनासो छ ।

नियमित रूपमा दोहोरिइरहेको बजार अनुगमन औपचारिकतामा मात्र सीमित भएको छ । अनुगमन टोलीले गल्ती गर्ने व्यवसायीलाई सुझाव दिएर मात्र छाड्ने गरेको र वर्षौंदेखि यही प्रक्रिया दोहोरिँदै आएको छ । जसले गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने सामग्री खुलेआम बिक्री हुने क्रम रोकिएको छैन । म्याद नाघेका र लेभलिङ नगरेका सामान भेटिँदा पनि जरिवाना वा कानुनी कारबाही नगरी सुझावमै सीमित हुनु अनुगमनलाई कमजोर बनाइरहेको छ ।

विशेष गरी, दशैं–तिहार जस्ता ठूला चाडबाडको समयमा बजारमा विभिन्न खालका मिसावटयुक्त, लेभलिङ नभएका तथा म्याद सकिएका सामग्री उपभोक्ताले खरिद गर्नुपर्ने बाध्यता दोहोरिँदै आएको छ । यस्ता सामग्री नियन्त्रण गर्ने उद्देश्यले अनुगमन सुरु भए पनि परिणाममुखी कदम नचालिँदा उपभोक्तामा बजार अनुगमनप्रति विश्वास कमजोर हुँदै गएको छ । अनुगमनलाई प्रभावकारी बनाउन जरिवाना र कानुनी कारबाहीलाई अनिवार्य बनाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा इलाम बजारका होटल तथा मिठाइ पसलहरुको अनुगमन गरेको थियो । सो क्रममा लेभलिङ नभएका सामाग्री एवं किचन सफा नभएको र म्याद गुज्रेका सामाग्रीहरु राखेको पाइएको थियो । तर, अनुगमन टोलीले आइन्दा यस्तो गल्ती नदोहो¥याउनुहोला भन्दै छोडेको थियो । यसले बजार अनुगमन कत्तिको प्रभावकारिता छ भन्ने कुरालाई प्रस्ट देखाएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनमा घरेलु कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम नगरपालिका, कर कार्यालयका प्रतिनिधिको सहभागिता थियो । बिनाविज्ञको टोलीले गरेको अनुगमनले प्रभावकारिता पाउने कुनै छाँट देखिँदैन ।
प्रशासनका नायव सुब्बा नित्यानन्द घिमिरेले कैफियत भेटिएका होटल तथा मिठाइ पसलहरुका सञ्चालकलाई गल्ती दोहो¥याएको पाएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको बताउनुभएको छ ।