भोलि माइतीघरमा गर्ने भनिएको आन्दोलन स्थगित


काठमाडौँ।

‘NTEK-Z’ नामक समूहले भोलि (बिहीबार) माइतीघरमा तय गरेको शान्तिपूर्ण आन्दोलन स्थगित गरेको छ ।आज साँझ एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलन अराजक तत्वहरूहरूले बिथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएको भन्दै स्थगित गरिएको जनाएको हो।

‘ केन्द्रिय कमिटीको मिटिङ बसेर गरेको छलफलमा भोलि मिति २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरुले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी NTEK – Z का केन्द्रीय पदाधिकारीहरुले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्तगित गर्ने निर्णय गरिएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।