बालेन साह र सुधन गुरुङविरुद्धको जाहेरीमा अस्पष्ट र केरमेट भएको भन्दै प्रहरीले माग्यो अर्को उजुरी


काठमाडौँ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध दिएको जाहेरीलाई प्रहरीले थाति राखेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २४ घण्टाभित्र निर्णय लिने भनिएकोमा जाहेरी अस्पष्ट र केरमेट भएका कारण नबुझिएको र अघि नबढाएको जनाएकाे हाे।अर्को सच्याएर ल्याएमा भने आयोगमा पठाउने समेत प्रहरीले बताएकाे छ।

अनेरास्ववियुकाे टोलीले मंगलबार सिंहदरबार लगायत राष्ट्रका सम्पदाहरु ध्वस्त पारेको, निजी सम्पत्तिहरूमा आगजनी गरेको र प्रहरी हत्या गरेकोमा मेयर बालेन र सुधनविरुद्ध जाहेरी दिने प्रयास गरेको थियो । प्रहरीले जाहेरी बुझे पनि दर्ता भने भएको थिएन । २४ घण्टाभित्र निर्णय लिइने भनेर अनेरास्ववियुकाे टोलीलाई फर्काइएको थियो ।

मंगलबार नै सुधन गुरुङ समूहले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएको थियो । उनीहरूको जाहेरी भने प्रहरीले छानबिन आयोगलाई पठाएको छ ।