म्याग्दीमा बोलेरो जीप दुर्घटना, १५ जना घाइते


काठमाडौँ।

म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बेनी नगरपालिका–९ तुसारेपानीमा बुधबार क्षमता भन्दा बढी यात्रु बोकेका कारण जीप दुर्घटना भएकाे प्रहरीले बताएकाे छ ।

रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जीप ब्रेक फेल भएर सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई प्रादेशिक अस्पताल बेनीमा उपचारका लागि राखिएको छ ।