जेनजी आन्दोलन अपहरणमा परेको एमाले नेता बस्नेतको आरोप


काठमाडौं ।

नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका वास्तविक मुद्दा अपहरणमा परेको आरोप लगाएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनमा आतंककारी शैली देखिएको र हजारौँ फेक एकाउन्टमार्फत देशमा अराजकता फैलाइएको बताए।

उनले आन्दोलनको नाममा ठूला जनधनको क्षति भएको र केही व्यक्तिहरू विदेशी शक्तिका एजेन्टका रूपमा काम गरिरहेको दाबी गरे। बस्नेतले सुदन गुरुङलाई बालेन साहको योजनामा सरकारविरुद्ध प्रयोग गरिएको आरोप लगाउँदै साइबर अपराधमा गृह मन्त्रालयको संलग्नता रहेको आरोप पनि लगाए।

बस्नेतका अनुसार एमाले सधैं राष्ट्रियता, लोकतन्त्र र जनहितको पक्षमा उभिनेछ।