बागमतीमा ईभी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते


काठमाडौं ।

मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा मंगलबार बिहान ईभी र मोटरसाइकल एक आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।

सिन्धुलीको भिमानबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी र ना ५२ प ५५९८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकसहित ईभीमा सवार १३ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई बागमतीस्थित सान्बी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। दुर्घटनाको कारण र घाइतेहरूको पहिचान खुल्न बाँकी छ।