काठमाडौं ।
बडादशैं सकिएसँगै डडेलधुराका गाउँघरमा कामको चटारो बढेको छ। कृषकहरू धान, कोदो, भटमास, मास, सिमी लगायतका अन्नबाली भित्र्याउन व्यस्त छन् भने महिलाहरू घरायसी कामसँगै घाँस र खर काट्ने काममा भ्याइनभ्याइ छन्।
सुदूरपश्चिमका पहाडी जिल्लामा पानी नपरे पनि खेतबारी जोत्नेदेखि गोठेमल हाल्ने, आलु र तरकारी लगाउने कामले किसान व्यस्त छन्।
चाडपर्वको रमाइलो सकिएसँगै गाउँका महिला–पुरुषहरू अन्नबाली भित्र्याउने र हिउँदका लागि तयारी गर्ने काममा जुटेका छन्। सडक पुगे पनि गाडी नचलेर भारी बोक्ने बाध्यता अझै रहेको स्थानीयहरूको गुनासो छ।











प्रतिक्रिया