रौतहटमा खोलाले बगाउँदा बालकको मृत्यु

188
Shares

रौतहट ।

लाल बकैया नदीमा खेल्ने क्रममा एक दश वर्षे बालकको सोमबार मृत्यु भएको छ।

रौतहटको राजपुर नगरपालिका–८ बलुवास्थित नयाँ मदरसा नजिक लाल बकैया खोलामा खेल्ने क्रममा अन्दाजी १० वर्षको एक बालकको बगेर मृत्यु भएको छ।

सोमबार दिउँसो २ बजेतिर खोलामा खेल्ने क्रममा बालक बगेको र केही समयपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक बालकको नाम खुल्न बाँकी रहेको छ।

घटनास्थलमा सशस्त्र प्रहरी फतुवाबाट सशस्त्र प्रहरी निरीक्षक पुर्णबहादुर तामाङको कमाण्डमा ९ जना र इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र गिरीको नेतृत्वमा ४ जनाको खटिएको संयुक्त टोली शवलाई उद्धार गरी राजपुर स्वास्थ्य चौकीमा पुरयाएको र पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल गौरमा राखिएको छ ।