काठमाडौं ।
लगातारको वर्षाका बाबजुद विजयादशमीपछि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ।
शास्त्रीय मान्यताअनुसार असत्यमाथि सत्यको विजयका प्रतीकका रूपमा मनाइने दशैंको नवदुर्गा प्रसाद कोजाग्रत पूर्णिमासम्म लगाइन्छ।
यस वर्ष असोज १७ गते शुक्रबारदेखि लगातार वर्षा भइरहेकाले टीका ग्रहण गर्न टाढा जान चाहनेहरुको योजना प्रभावित भएको छ।
सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिँदै आवागमनमा रोक लगाएको छ।
यद्यपि, कोजाग्रत पूर्णिमा (असोज २०) सम्म टीका थाप्ने परम्परा कायमै रहनेछ।











प्रतिक्रिया