रौतहट ।
अविरल वर्षासँगै आज परेको चट्याङबाट रौतहटको कटहरिया नगरपालिका–२, हथियाइमा दुई किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा १७ वर्षीय सेहराज लहदी र १६ वर्षीय नविन यादव रहेका छन्। उनीहरू बाटोमा हिँडिरहेको अवस्थामा चट्याङ लागेको र घटनास्थलमै दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार घटना बेलुकी करिब ६ बजेतिरको हो। शवहरूलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।











प्रतिक्रिया