बिपी राजमार्गमा भारी वर्षाका कारण काभ्रेको मंगलटारमा सवारी रोकियो


काठमाडौँ ।

बिपी राजमार्गमा भारी वर्षाका कारण काभ्रेको मंगलटारमा सवारी आवागमन रोकिएको छ।

सडक विभागका प्रवक्ता प्रभात कुमार झाका अनुसार धुलिखेल, भकुन्डेबेँसी र बनेपातिर भीषण वर्षा भइरहेकाले काठमाडौँतर्फ जाने गाडी काभ्रेभन्ज्याङ्गमा र काठमाडौँ आउने गाडी मंगलटारमा रोकिएको हो।

वर्षा कम नभएसम्म सवारी चल्न नदिइने विभागले जनाएको छ। दसैँको समयमा यो राजमार्ग भएर दैनिक करिब १० हजार सवारी साधन ओहोरदोहोर गर्ने गर्छन्।