बिहानैदेखि बागमती र मधेशमा व्यापक वर्षा, अन्य प्रदेशहरूमा पनि सक्रिय प्रणाली


काठमाडौ ।

(बिहान ६ः५० बजे) हाल विशेष गरी बागमती प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा गर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशा तर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने छ।

(चित्रमा भू-उपग्रहबाट प्राप्त तस्विरको एनिमेशन, चट्याङका सेलहरू र पछिल्लो १ घण्टामा भएको वर्षा (मि.मि.) देखाइएको छ ।