भारी वर्षा र पहिरोको जोखिम: प्रमुख राजमार्गमा रातिको यात्रा नगर्न सडक बिभागको आग्रह


काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशभर मनसुन सक्रिय भई अत्यधिक वर्षा हुने पूर्वानुमान जारी गरेपछि सडक विभागले पहिरोको उच्च जोखिम रहेका सडकखण्डहरूमा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

नागढुंगा–मुग्लिङ, मुग्लिङ–नारायणगढ, बी.पी. राजमार्ग, अरनिको राजमार्ग, गल्छी–स्याफ्रुबेसी–रसुवागढी, त्रिभुवन राजपथ, र नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डलगायत स्थानहरूमा बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रा नगर्न सूचित गरिएको हो।

सडक अबरुद्ध भएमा तुरुन्त पहिरो हटाउने तयारी गरिएको विभागले जनाएको छ। यस्तै, अबरुद्धको जानकारीका लागि सडक विभागको कन्ट्रोल रुमको टोल फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।