काठमाडौ ।
महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा आज भएको यात्रुवाहक बस दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
घाइतेमध्ये २ पुरुष र ४ महिला रहेका छन्। गैरसैनिक प्यारामेडिक्ससहित उद्धार गरिएको घाइतेहरूलाई थप उपचारका लागि राजधानी ल्याइएको हो। दुर्घटना २०८२ साल आश्विन १७ गते खयरमारामा भएको हो ।












प्रतिक्रिया