सन्धिखर्क–गोरुसिङ्गे सडकमा आज साँझ ६ बजेपछि सवारी आवागमन रोक


काठमाडौ ।

सन्धिखर्क-गोरुसिङ्गे सडक खण्डमा आज शुक्रबार राति ६ बजेपछि गाडी चलाउन रोक लगाउने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको निर्णय गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको विश्लेषण अनुसार लुम्बिनी प्रदेश लगायत देशका विभिन्न प्रदेशहरु र स्थानहरुमा अत्यधिक पानी पर्न सक्ने तथा स-साना खोला, नदीका सहायक नदीहरुमा समेत वहाब बढी जनजीवन प्रभावित हुन सक्ने आँकलन गरिएकोले २०८२ असोज १८ गते साँझ ६ बजेपछि सन्धिखर्क- गोरुसिङ्गे सडकमा सन्धिखर्कबाट छुट्ने गाडी शान्ति बगैँचाबाटै रोक्ने निर्णय भएकाले गाडी नचलाउनु हुन यातायात व्यवसायीलाई अनुरोध गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो।

काठमाडौँ चितवन बुटवलबाट आउने गाडीहरूलाई पत्थकोटबाट नै ६ बजेपछि अर्घाखाँची प्रवेशमा रोक लगाउन प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ।

आम जिल्लावासीलाई प्रशासनले विशेष सतर्कता अपनाई सुरक्षित स्थानमा बस्नुहुन र बर्षाकाे कारण आफ्नाे नजिकमा विपद्काे अवस्था आइपरेमा जिल्ला स्थित सुरक्षा निकाय तथा स्थानीयतह, वडामा जानकारी गराउनु हुन तथा आ-आफ्नो स्थानबाट समुदाय स्तरमै विपद् जोखिम न्यूनीकरण तथा विपद प्रतिकार्यका काममा जुट्नु हुन सबैमा हार्दिक अनुरोध छ।

आपतकालीन अवस्था आइपरमा देहायका नम्बरहरुमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ।

१. प्र.जि.अ.,९८५७००७७७७
२. सेनानी, ९८५७०६६४७३
३. प्र.ना.उ.,९८५७००५५५५
४. स.प्र.ना.उ.,९८५१२७२५३८