काठमाडौँ ।
कोशीदेखि लुम्बिनी प्रदेशसम्म असोज १८ र १९ गते भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सम्भावित विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा गैरसरकारी संस्थाहरूको भूमिकाका बारेमा भर्चुअल विपद् संवाद सम्पन्न भएको छ।
गृह सचिव रामेश्वर दंगालले राज्य पक्षबाट आवश्यक पूर्वतयारी र सवारी आवागमन नियन्त्रणका उपायहरूबारे जानकारी गराउँदै गैरसरकारी क्षेत्रलाई सक्रिय भुमिका लिन आग्रह गरे।
कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरूले राहत, उद्धार र सूचना प्रवाह सम्बन्धी तयारीहरू प्रस्तुत गरेका थिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख दिनेश भट्टले हेलिकोप्टर, ड्रोन र डुंगा प्रयोगबारे निजी क्षेत्रसँगको सहकार्य उल्लेख गर्दै सूचना सम्प्रेषणमा गैरसरकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।
मौसमविद्हरूका अनुसार असोज १८ र १९ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना उच्च रहेको छ।
कार्यक्रमको संयोजन डिपिनेटका अध्यक्ष डा. राजु थापाले गरेका थिए।











प्रतिक्रिया