काठमाडौँ ।
कोशी र बागमती प्रदेशमा अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू चार स्थानमा पूर्ण रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग भोटखोला-४ बरुणमा जेठ ६ गतेदेखि र मकालु-३, एकुवामा भदौ १५ देखि बन्द छ।
यसैगरी, बागमती प्रदेशको रसुवामा चीनसँगको सिमा पुल असार २४ देखि बाढीले बन्द भएको छ। पासाङ ल्हामु सडक खण्डमा असोज १६ देखि पहिरोका कारण आवागमन ठप्प छ।
प्रहरीका अनुसार सडक खुलाउन सम्बन्धित निकायहरू प्रयासरत छन्।












प्रतिक्रिया