मौन, निराहार र निर्जला ब्रतमा धादिङ गंगाजमुनाका बौद्धमार्गीहरु

8.46k
Shares

धादिङ ।

हिन्दुधर्मावलम्बीहरु वडा दशैँको उत्सव मनाइरहेको र देवि तथा शक्ति पिठहरुमा बलि दिइरहेको समयमा गंगाजमुना गाउँपालिकाका विभिन्न बौद्ध गुम्बाहरुमा बौद्धमार्गीहरु निराहार, निर्जला ब्रतसंगै मौनब्रत बसिरहेका छन् ।

दशैँको बेला बलि दिइएका तथा मारिएका निरिह प्रणी तथा पशुहरुको आत्माको चिर शान्तिको कामना गर्दै दशैँको फुलपातीको दिनबाट सुरु भएको ञ्यूुङने ९मौन ब्रत०का लागि गंगजमुना गाउँपालिका वडा नम्बर २ धुसेनी स्थित डल्ले बौद्ध गुम्बामा १३ जना बौधमार्गीहरु ब्रत बसिरहेका छन् । जयमा महिला ८ र पुरुष ५ जनाले कठोर ब्रतमा सहभागि भएका छन् ।
विश्व शान्ति, निरिह पशुहरु मारिएकोमा आत्माको चिर शान्ति र पापहरुको नास गर्नका लागि वर्षमा दुुई पटक मौन ब्रत बस्ने गरेको सुनराम तामाङले बताउनुुभयो ।

बौद्धमार्गीहरु फुलपातीको दिनदेखि टिकाको दिनसम्म बौद्धधर्मको किताब पढ्छन्, कुनैपनि मानिससंग बोल्दैनन्, पानी र खानेकुरा केही पनि खाँदैनन् भने बौद्धगुम्बामा पुजा अर्चना गरेर कठोर ब्रत बस्ने गरिएको धुसेनीका सोनिया तामाङले बताउनुुभयो । नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ति तथा चक्रसंघमा आवद्ध बौद्धमार्गीहरुको कठोर ब्रतपछि बलि दिइएका र मारिएका निरिह प्राणीहरुले मुक्ति पाउने विश्वास गरिएको छ ।

डल्ले बौद्ध गुम्बा धुसेनीमा मात्र होइन गंगाजमुना गाउँपालिका अन्तरगत बुद्धगुम्बा किचेत, हिसेरावलीङ बौद्ध गुम्बा कुुताल, छेन्छुगुम्बा तावल, साङग्ये शेराव बौद्ध गुम्बा चिमचोकमा पनि बौद्धमार्गीहरु मोन ब्रत बसेर मारिएका पशुहरुको मुक्तिको कामना गरिरहेका छन् ।