काठमाडौँमा डेङ्गीको जोखिम कायमै, महानगरको सावधानी अपनाउन आग्रह


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमण अझै कायमै रहेको भन्दै नगरवासीलाई सावधानी अपनाउन आग्रह गरेको छ। एडिस जातको लामखुट्टेबाट सर्ने यो रोग सफा जमेको पानीमा बस्ने लामखुट्टेले फैलाउने भएकाले महानगरले लार्भा नष्ट गर्ने अभियान चलाइरहेको छ।

महानगरको अनुसार सडक, गमला, टायर, पानीका भाँडाजस्ता स्थानमा पानी नजम्ने गरी सतर्कता अपनाउन आग्रह गरिएको छ। २०७५ मा पहिलोपटक देखिएको डेङ्गी हाल हरेक वर्ष बर्खायामपछि बढ्ने गरेको छ।

महानगरले स्वास्थ्यसम्बन्धी जानकारी वा गुनासा राख्न निःशुल्क ११८० नम्बर उपलब्ध गराएको छ।