काठमाडौं ।
अघिल्ला वर्षहरूमा असोज महिनाबाटै विदेशी तथा स्वदेशी पर्यटकले भरिने हिमाली जिल्ला मनाङ यस वर्ष सुनसान देखिएको छ। अन्नपूर्ण पदमार्ग, तिलिचो ताल र हिमलुङ हिमाल जस्ता गन्तव्यमा पर्यटकको उपस्थिति न्यून छ।
पर्यटन व्यवसायीका अनुसार जेनजी आन्दोलन, राजनीतिक अस्थिरता, पहिरो तथा सडक अबरुद्धजस्ता कारणले पर्यटकको आगमन घटेको हो। मनाङको मुख्य आयस्रोत पर्यटन प्रभावित हुँदा स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा असर परेको बताइएको छ।
होटल बुकिङ रद्द भएका छन् भने चामे र तातोपानी कुण्ड जस्ता पर्यटकीय क्षेत्रहरू पनि खाली छन्। दशैं बिदामा कर्मचारी तथा बासिन्दा शहर फर्किएपछि जिल्ला झनै सुनसान बनेको छ।
स्थानीय तहहरूले पर्यटन पुनः सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।











प्रतिक्रिया