दसैँयात्रीको भीड: काठमाडौँ छाड्नेको सङ्ख्या ६ लाख नाघ्यो


काठमाडौं ।

दसैँको अवसरमा काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या ६ लाख ११ हजार नाघेको छ। काठमाडौँ ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज १४ गतेसम्म ६ लाख ११ हजार ६५७ जना उपत्यका बाहिरिएका हुन्। पछिल्लो २४ घण्टामा मात्रै ५८ हजारभन्दा बढी नागरिक काठमाडौँ छाडेका छन्।

यो अवधिमा १ लाख १३ हजारभन्दा बढी सवारी साधन उपत्यका बाहिरिएका छन्। यात्रुहरूको मुख्य गन्तव्य पूर्वी, पश्चिमी तथा सुदूरपश्चिमका जिल्ला रहेको प्रहरीले जनाएको छ। उपत्यकाका कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क र जगतीजस्ता नाकामा यात्रुको भीड देखिएको छ।