काठमाडौं ।
दसैँ नजिकिए पनि बैतडीका गाउँघरमा खासै चहलपहल छैन। किसानहरू मकै, कोदो, धान, बाजुर लगायतका बाली भित्र्याउनमै व्यस्त छन्। लगातारको वर्षाले बाली बिग्रने डरले किसानहरू दसैँको रमाइलोलाई छाडेर खेतबारीमै खटिएका छन्।
मेलौली–५ की किसान जन्तरा भट्टका अनुसार दसैँभन्दा बाली भित्र्याउनु महत्वपूर्ण छ। शिवनाथ–२ का किसान मदन साउद र लक्ष्मण चन्दले पनि दसैँ मनाउने भन्दा खेत जोत्न र बाली थन्क्याउन प्राथमिकता दिएका छन्।
कृषि ज्ञान केन्द्र बैतडीका अनुसार जिल्लामा गत वर्ष १३ हजार मेट्रिक टनभन्दा बढी धान, १८ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो। यस्ता बाली समयमै नउठाए वर्षभर खान कठिन हुने भन्दै किसानहरू दसैँको उत्सवभन्दा काममै व्यस्त देखिन्छन्।











प्रतिक्रिया